अस्पतालमा उपचाररत बिरामी एम्बुलेन्स चोरेर भागेपछि…

428
Shares

अमेरिका, ९ फागुन । अस्पतालमा उपचारका लागि भर्ना भएका एक बिरामीले एम्बुलेन्स चोरी गरी फरार भएको घटना प्रकाशमा आएको छ ।

उक्त घटना अमेरिकाको भर्जिनियास्थित इनोभा फेयरफ्याक्स अस्पतालमा सोमबार भएको हो ।  उपचाररत बिरामीले सोही अस्पतालमा रहेको एउटा एम्बुलेन्स चोरेर भागेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

स्थानीय प्रहरीले एम्बुलेन्स चोरी गरेर भाग्दै गरेको अवस्थामा बिरामीको तस्बिर सार्वजनिक गरेको छ।  एम्बुलेन्स चोरेर फरार भएका बिरामीको पहिचान ३२ वर्षीय रिकी लोवेका रुपमा गरिएको छ ।

प्रहरीका अनुसार उनी आफैँले चलाएको गाडी दुर्घटनामा परेपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । थिए । उनको गाडीबाट दुई वटा बन्दुक र केही लागु औषध बरामद भएको थियो ।

आफू कारबाहीमा पर्ने भएपछि उनी अस्पतालबाट भागेको हुन सक्ने आकलन गरिएको छ । प्रहरीका अनुसार उनले चोरेको एम्बुलेन्स भने फेला परेको छ । उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

एजेन्सीको सहयोगमा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *