दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते

20
Shares

सियोल– दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते भएका छन्।

योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा शुक्रबार स्थानीय समयअनुसार बिहान ८ः१० बजे आगलागी भएको थियो।

बिरामीसहित अस्पतालबाट ९० जनाको उद्धार गरिएको छ। जसमध्ये १४ जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ भने समान्य चोटपटक लागेको छ। करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *