सरकारलाई दवाव दिनभन्दै रेजिडेन्ट डाक्टरले बाँधे कालोपट्टी

0
Shares

dr kc

काठमाडौँ, २९ असार – डा. गोविन्द केसीको अनसन सुरु भएको दोस्रो दिनमै विज्ञप्ती निकाली सक्रिय समर्थन जनाएको नेशनल रेजिडेन्ट डक्टर्स एसोशिएसनले आजबाट कालोपट्टी बाधी काम गर्ने जनाएको छ ।

चौथो दिन लागिसक्दा समेत सरकारका तर्फबाट डा. केसीको मागका सम्वन्धमा कुनै प्रतिक्रिया नआएको भन्दै एसोशिएसनले विरोध स्वरुप कालोपट्टी बाधेर काम गर्ने बताएको हो ।

एशोसियसनका अध्यक्ष डा. लिजन महर्जन र सचिव डा. सचित शर्माले विज्ञप्तीमार्फत डा. केसीले उठाएका माग पुरा गर्न सरकारले कुनै पहल नगरको भन्दै आन्दोलनको गर्नुपरेको बताएका छन् । उनीहरुले आजबाट कालोपट्टी बाधेर काम गर्ने र सुनुवाई नभइमा चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

यसैबीच नेपाल मानव अधिकार संगठनले डा. केसीको अनसनमा ऐक्यवद्धता जनाएको छ । संगठनले एक विज्ञप्ती जारी गर्दै संगठनले डा. केसीका माग तत्काल पुरा गर्न सरकारसंग आग्रह गरेको छ । संगठनको पाँच सदस्यीय टोली बुधबार विहान ८ बजे अनसनस्थल पुगेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *