स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी डा. चुमनलाल दासलाई

काठमाडौँ, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा चुमनलाल दासले पाएका छन्। स्वास्थ्यमन्त्री मोहन बस्नेतले डा दासलाई बुधबार महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन्।
यसअघि सो महाशाखामा यशोदा अर्याल प्रमुखका रुपमा कार्यरत थिईन् । उनी अध्ययन विदामा अमेरिका जाने भएपछि मन्त्री बस्नेतले डा दासलाई जिम्मेवारी दिएका हुन्।
त्यसो त डा दास पनि केही समय देखि मन्त्रालयमा नै कार्यरत थिए। मन्त्रालयमा उनलाई कुनै पनि महाशाखाको जिम्मा दिइएको थिएन। त्यसअघि भने उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखका रुपमा कार्यरत थिए।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



