स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी डा. चुमनलाल दासलाई

काठमाडौँ, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा चुमनलाल दासले पाएका छन्। स्वास्थ्यमन्त्री मोहन बस्नेतले डा दासलाई बुधबार महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन्।
यसअघि सो महाशाखामा यशोदा अर्याल प्रमुखका रुपमा कार्यरत थिईन् । उनी अध्ययन विदामा अमेरिका जाने भएपछि मन्त्री बस्नेतले डा दासलाई जिम्मेवारी दिएका हुन्।
त्यसो त डा दास पनि केही समय देखि मन्त्रालयमा नै कार्यरत थिए। मन्त्रालयमा उनलाई कुनै पनि महाशाखाको जिम्मा दिइएको थिएन। त्यसअघि भने उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखका रुपमा कार्यरत थिए।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




