वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामु उपकुलपतिमा प्राडा कार्की नियुक्त

332
Shares

 

काठमाडौँ, १७ असार । सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामु उपकुलपतिमा प्राडा प्रल्हाद कार्कीलाई नियुक्त गरेको छ । प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्राडा कार्कीलाई आज कामु उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

पाँच महिना अघि मात्रै प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी रेक्टर रहेका प्राडा सञ्जीव शर्माले सम्हाल्ने गरी दिइएको थियो । प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी भ्रष्टाचार काण्डमा निलम्बनमा परेपछि तत्कालीन सहकुलपति पदम गिरीले शर्मालाई सो जिम्मेवारी दिएका थिए ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले कामु उपकुलपतिको रुपमा कार्कीलाई नियुक्त गरिएको बताए । उनले पहिले उपकुलपतिको जिम्मेवारी सम्हालेका शर्माले अब रेक्टरकै जिम्मेवारी सम्हाल्ने बताए ।

डा कार्की प्रतिष्ठानमै कार्यरत वरिष्ठ चिकित्सक हुन्। डा कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *