राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ, ११ असार । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको जानकारी गराएका हुन् ।
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल ए २ असारदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचार गराइरहेका छन् ।
राष्ट्रपति पौडेल मुटु रोगबाट पीडित छन्। केही साताअघि उनको एन्जियोप्लाष्टिक गरिएको थियो । ५ असारमा राष्ट्रपति पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

