राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य

52
Shares

काठमाडौँ, ११ असार । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको जानकारी गराएका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल ए २ असारदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचार गराइरहेका छन् ।

राष्ट्रपति पौडेल मुटु रोगबाट पीडित छन्। केही साताअघि उनको एन्जियोप्लाष्टिक गरिएको थियो । ५ असारमा राष्ट्रपति पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *