राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ, १२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ । राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्समा भर्ना भएर उपचार गराइरहेका छन् ।

राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उनको उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको जनाएको छ ।

एन्टिबायोटिकका कारण उनमा शारीरिक रुपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा रहेको परिवारको सदस्यलाई उद्दृत गर्दै आएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनलाई कडा निमोनिया देखिएको थियो । उनको गत १८ देखि २२ चैतसम्म त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । गत वैशाख ६ गते थप उपचारका लागि भारत लगिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *