संसदको सून्य समयमा सांसद नागिनाले भनिन्, ‘सुर्तीजन्य पदार्थमा करको दर बढाइयोस्’

काठमाडौँ, २९ चैत । सांसद नागिना यादवले सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर बढाउन संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै सत्ता गठबन्धन नेपाली कांग्रेसका तर्फबाट बिजयी भएकी सांसद यादवले सुर्तीजन्य पदार्थमा करको दर बढाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले भनेकी छन्, ‘नेपालमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको दर अत्यन्तै न्युन छ, यसकै कारण अत्यन्त धेरै जन धनको क्षति भइरहेको छ । त्यसैले सभामुख मार्फत आगामी बजेटमा सुर्तीमा लाग्दै आएको करको दर बढाउन ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले नेपाल जस्तो मुलुकले करको दर कम्तिमा ७५ प्रतिशत पु¥याउनु पर्ने भन्दै अहिले ४१ प्रतिशतको हाराहारीमा रहेको जानकारी गराईन् । उनले छिमेकी मुलुक भारतमा ५३ प्रतिशत, पाकिस्तानमा ६६ प्रतिशत, बंगलादेशमा ७३ प्रतिशत र श्रीलंकामा ७७ प्रतिशत करको दर सुर्तीजन्य पदार्थमा रहेको उल्लेख गर्दै नेपाल सबैभन्दा पुछारमा रहेको बताईन् ।

सरकार यतिवेला आगामी वर्षको बजेट निर्माणको तयारीमा छ ।

सुर्तीजन्य पदार्थको सेवनको कारण बार्षिक २७ हजार बढी नेपालीको ज्यान जाने गरेको छ भने सरकारले सुर्तीजन्य पदार्थको सेवनबाट लागेको रोगको उपचारमा ४१ अर्व बढी खर्च गर्ने गरेको छ ।

सुर्तीजन्य पदार्थमा करको दर बढाइयो भने यसको मूल्य बढ्ने र उपभोग कम हुने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । साथसाथै खस्कँदो अर्थ व्यवस्थालाई करमा हुने बृद्धिले सुधारका लागि मद्धत पुग्ने समेत विश्लेषकहरु बताउँने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *