चिकित्सक लाइसेन्स परीक्षाको बार्षिक कार्यतालिका सार्वजनिक

124
Shares

काठमाडौँ, २९ चैत । नेपाल मेडिकल काउन्सिलले आगामी वर्षमा लिईने लाइसेन्स परीक्षाको बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

काउन्सिलले आज सूचना प्रकाशित गर्दै स्नातक तह र स्नातकोत्तर तहको परीक्षा तालिका सार्वजनिक गरेको हो । काउन्सिलका अनुसार चिकित्सा शिक्षा तर्फ स्नातक (एमबीबीएस, बीडीएस) तह उत्तीर्ण भएका व्यक्तिले २०८० सालमा तीन पटक र स्नातकोत्तर तह (पीजी) उत्तीर्ण गरेकाहरुले बर्षको तीन पटक परीक्षामा भाग लिन पाउनेछन् ।

काउन्सिलका अनुसार २०८० सालमा स्नातक तहको पहिलो परीक्षा १७,१८ र १९ जेठमा हुनेछ । दोस्रो पटक असोजको १०, ११ र १२ गते लिईने छ । यस्तै अन्तिम परीक्षा १७, १८ र १९ माघमा लिइनेछ ।

यसैगरी स्नातकोत्तर तहको विशेष परीक्षा पनि २०८० सालमा तीन पटक हुनेछ । पहिलो पटक साउनको ११ र १२ गते, दोस्रो पटक मंसिरको १४ र १५ गते तथा तेस्रो परीक्षा चैतको २२ र २३ गते हुने भनिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *