भारतमा कोरोना संक्रमण पुन: बढ्न थाल्यो, संक्रमणदर ७ प्रतिशत पुग्यो

56
Shares

काठमाडौँ, २७ चैत । भारतमा कोरोना संक्रमणले फेरी तिब्रता लिन थालेको छ । पछिल्लो चौविस घण्टामा देशमा ५ हजार ८८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यहि अवधीमा कोरोना संक्रमणमा परि उपचार गराईरहेका १२ जनाको निधन भएको छ ।
मन्त्रालयले पछिल्ला दिनमा देशमा कोरोना संक्रमण दर ६.९१ प्रतिशत पुगेको बताएको छ ।

दिल्लीमा संक्रमण दर २१.१५ प्रतिशत
भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो चौविस घण्टामा करीव ७०० नयाँ केश थपिएको छ । अब दिल्लीमा एक्टिभ केश बढेर २ हजार ५०० पुगेको स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

गत चौविस घण्टामा ३ हजार ३०५ जनाको परीक्षण गर्दा ६९९ जनामा पोजेटिभ पाइएको अधिकारीहरले बताएका छन् । पछिल्लो चौविस घण्टामा दिल्लीमा ४ जनाले कोभिडबाट ज्यान गुमाएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

यस्तै अर्को ठूलो प्रान्त महाराष्ट्रमा पनि कोभिड संक्रमण फैलिन थालेको छ । पछिल्लो चौविस घण्टामा यहाँ ७८८ जनामा कोभिड भेटिएको बताइएको छ ।

यस्तै नेपालसंग सिमा जोडिएको अर्को प्रान्त विहारमा पछिल्लो चौविस घण्टामा ४२ वटा नयाँ केश भेटिएको बताइएको छ ।

हिमाञ्चल प्रदेशमा १३७ जना, राजस्थानमा १६५ जना थपिएको अधिकारीहरुले पठाएको विवरणमा उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *