राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

364
Shares

 

– डा. निरज बम

काठमाडौँ, २४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का सह प्राध्यापक एवं बरिष्ठ छातीरोग विशेषज्ञ डा निरज बमलाई निजी चिकित्सकमा नियुक्त गरेका छन् ।

डा बमले आफूलाई राष्ट्रपतिले निजी चिकित्सकको रुपमा नियुक्त गरेको पत्र आज पाइसकेका छन् ।

डा बमले लामो समय देखि राष्ट्रपति पौडेल र उनको परिवारको स्वास्थ्य जाँच तथा उपचार गर्दै आएका थिए । यसै साता पौडेल विरामी हुँदा पनि डा बमले नै अस्पताल ल्याउने र भर्ना गर्ने प्रक्रिया मिलाएका थिए ।

‘उहाँ र उहाँको परिवारको स्वास्थ्य परीक्षण तथा उपचार पहिले देखि नै गर्दै आएको हुँ । अहिले राष्ट्रप्रमुख हुँदा समेत उहाँहरुले सम्झिनु भएको छ । मेरो लागि त खुशीको कुरा हो,’ डा बमले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *