भेरी अस्पताल पनि बन्यो न्याम्सको आङ्गिक अस्पताल, अब शैक्षिक कार्यक्रम पनि सुरु हुने

292
Shares

काठमाडौँ, २१ चैत । सरकारले नेपालगञ्जस्थित भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आङ्गिक अस्पतालको रुपमा राख्ने निर्णय गरेको छ । यसअघि न्याम्सको आङ्गिक अस्पतालको रुपमा वीर अस्पताल मात्रै सञ्चालनमा थियो ।

गत १० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय अस्पतालको रुपमा सञ्चालित चितवनको भरतपुर र नेपालगञ्जको भेरी अस्पताललाई न्याम्सको आङ्गिक अस्पतालको रुपमा सञ्चालन गर्दै शैक्षिक कार्यक्रम अघि बढाउन स्वीकृत दिएको थियो ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा भरतपुर र भेरी अस्पताललाई न्याम्सको आङ्गिक अस्पताल बनाउदै न्याम्सको शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय भएको सुनाईन् ।

सो क्रममा मन्त्री शर्माले १० चैतकै बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजिनामा दिएका डा सेनेन्द्रराज उप्रेतीको राजिनामा स्विकृत गर्ने तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा लीलानाथ भण्डारीलाई तीन वर्षका लागि नियुक्त गर्ने निर्णय भएको समेत सुनाईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *