नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा लीलानाथ भण्डारी नियुक्त

काठमाडौँ, २१ चैत । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा लीलानाथ भण्डारी नियुक्त भएका छन् । गत १० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरको हो ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९ फागुनमा सचिवस्तरीय निर्णय गर्दै उनलाई अर्को व्यवस्था नभएसम्मका लागि काम काज गर्ने भन्दै परिषद्को निमित्त रजिष्ट्रार बनाएको थियो ।
त्यसअघि भण्डारी टेकुस्ति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जनस्वास्थ्य निरीक्षकको रुपमा कार्यरत थिए ।
परिषदमा यसअघि रजिष्ट्रार रहेका पुष्पराज खनालको तीन वर्षे कार्यकाल गत १३ फागुनमा सकिएको थियो ।
रजिष्ट्रारको रुपमा भण्डारीको कार्यकाल तीन वर्ष तोकिएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

