स्वास्थ्य मन्त्रालयले आफ्ना चिकित्सकलाई सचेत गराउँदै भन्यो, ‘कारवाहीमा पर्नुहोला’

काठमाडौं, १५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना चिकित्सकहरुलाई निजी क्लिनिकमा नाम नराख्न पुन: सूचित गरेको छ । बुधबार सूचना प्रकाशित गर्दै मन्त्रालयले यस्तो भएको पाइएमा उक्त चिकित्सकमाथि प्रचलित कानून बमोजिम कारवाही हुने समेत चेतावनी दिएको छ ।

मन्त्रालयले आफ्ना मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु मध्ये केहीको नाम निजी क्लिनिकमा प्रयोग भइरहेको भन्ने गुनासो सुनेको भन्दै यसो नगर्न सूचित गरेको हो ।

मन्त्रालयले क्लिनिकहरुमा यसरी नाम राख्नु नेपाल स्वास्थ्य सेवा ऐन २०५३, नियमावली २०५५, जनस्वास्थ्य ऐन २०७६,तथा नियावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ को नियम २२ विरुद्ध हुने उल्लेख गरेको छ ।

मन्त्रालयले नाम नराख्नु भने पनि चिकित्सकलाई निजी क्लिनिकमा गएर काम नगर्नु चाहि भनेको छैन् ।

अहिले काठमाडौैँ उपत्यका सहित शहरी क्षेत्रका धेरै जसो निजी क्लिनिकहरुमा सरकारी सेवामा कार्यरत चिकित्सक नै कार्यरत रहेको देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *