डाक्टरलाई मासिक ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौँ, ७ चैत । नेपाल चिकित्सक संघले डाक्टरलाई मासिक ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको छ।
भरतपुर अस्पतालले मंगलबार एक बिज्ञप्ति जारी गर्दै मेडिकल अधिकृत ८ औं तह मासिक ज्यालादारीमा विज्ञापन गरेको भन्दै ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको हो।
संघले ८ औं तहको मेडिकल अधिकृतहरु पनि ज्यालादारीमा भनि गरिएको विज्ञापन खारेज गरी स्थायी पदपूर्तिको लागि आवश्यक पहल गर्न माग गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


