स्वास्थ्य सेवा दिवसका अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रक्तदान

88
Shares

काठमाडौँ, १४ फागुन । स्वास्थ्य सेवा दिवस २०७९ को अवसरमा आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ ।

संकलित रगत नेपाल रेडक्रस सोसाइटी अन्तरगतको केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

रक्तदान कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ८ जना, स्वास्थ्य सेवा विभागबाट ७ जना, विभिन्न पेशागत संघ संगठनबाट ५ जना, विश्व स्वास्थ्य संगठन नेपालबाट २ जना, मानसिक अस्पतालबाट १ जना, शहीद शुक्रराज सरुवा रोग अस्पतालबाट १ जना, युएसएआर्यडी र एफएचआईबाट १ १ जना र अन्य ८ जनाले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईँ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह लगायतको उपस्थिति थियो ।

स्वास्थ्य सेवा दिवस सोमबार (भोली ) मनाइदै छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *