राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा अस्पतालका सम्पूर्ण कर्मचारीलाई अनिवार्य उपस्थितिका लागि आदेश गर्न मिल्छ ?

 

काठमाडौँ, १४ फागुन । भोली १५ फागुन, अर्थात स्वास्थ्य सेवा दिवस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान ८ बजे देखि राष्ट्रिय सभागृहमा स्वास्थ्य सेवा दिवस २०७९ को मुल समारोह कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी प्रमुख अतिथि रहने भनिएको छ ।

दिवस मनाउने कार्यक्रमका लागि मन्त्रालयले गत ११ फागुनमा आफू मातहतका विभाग अस्पताल केन्द्रहरुलाई निमन्त्रणा पत्र पठाएको छ । सो पत्रमा भनिएको छ । उक्त दिन त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरुको अनिवार्य उपस्थितिका लागि आदेश अनुसार अनुरोध छ ।

मन्त्रालयले आफ्नो दिवस सबै आफ्नो निकाय अन्तरगतका कर्मचारीका बीच मनाउन खोज्नु नराम्रो होईन । तर चौविसै घण्टा स्वास्थ्य सेवा उपलव्ध गराउन पर्ने अस्पतालहरुलाई यसरी निमन्त्रणा गर्न मिल्ला कि नमिल्ला ?

सबै कर्मचारीलाई अनिवार्य रुपमा उपस्थित हुन उर्दी जारी गर्दा सेवा प्रभावित हुन्न र ? मन्त्रालयको वेव साइटमा राखिएको पत्रमा विभाग र अस्पताल गरी २० वटा निकायहरुलाई पठाइएको पत्र छ ।

पत्रमा आदेश गरिए अनुसार वीर अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, मानसिक अस्पताल पाटन लगायतका अस्पतालबाट अनिवार्य रुपमा सम्पूर्ण कर्मचारीहरु आए भने सेवा के होला ?

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *