राष्ट्रिय फार्मेसी संघ नेपालमा नयाँ कार्यसमिति, अध्यक्षमा क्षितिज गड्तौला

काठमाडौँ, १३ फागुन । नेकपा एमाले निकट फार्मासिस्टहरुको संस्था राष्ट्रिय फार्मेसी संघ नेपालको अध्यक्षमा क्षितिज गड्तौला चयन भएका छन् । शनिबार सम्पन्न संघको पहिलो सम्मेलनले उपाध्यक्षमा अमृत खनाल, उमा दुलाल र जयबहादुर घले चयन गरेको छ ।
संघको महासचिवमा पृथ्वीराज ढुंगेल, सचिवमा अमृत थापा, निश्चल केसी र भूमिका अधिकारी तथा कोषाध्यक्षमा जीवन पौडेलसहितको ३१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष भिमराज सिंहको अध्यक्षतामा भएको सम्मेलनमा महासंघका अध्यक्ष डा झलक गौतम, महासचिव सन्तोष पौडेल, उपमहासचिव हिमालय तिवारी तथा अमृता बराल लगायतको सहभागिता भएको महासंघका प्रचार विभाग प्रमुख चन्द्र सुनारले जानकारी दिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




