बिरामीलाई कुटपिट गरेको आरोपमा अस्ट्रेलियामा नेपाली नर्स पक्राउ

 

काठमाडौँ, १६ माघ । अस्ट्रेलियामा बिरामीलाई कुटपिट गरेको आरोपमा नेपाली नर्स पक्राउ पक्राउ परेकी छन् ।

अइपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे पक्राउ परेको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नर्स पाण्डेले बिरामीलाई थप्पड हान्नुका साथै ठेलेको आरोप लगाइएको छ ।

वर्किङ भिसामा एस्टिया हेल्थमा कार्यरत पाण्डेले उमेरले पाका बिरामीको हेरचाह गर्दै आएकी थिइन् ।

केही बिरामीलाई पाण्डेले पिटेको आरोप लगाइएको छ ।

नर्सिङ होम्सकै अन्य कर्मचारीको उजुरीका आधारमा पाण्डे पक्राउ परेकी हुन् ।

पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने बताइएको छ ।

के थियो घटना ?

९ न्यूज मा प्रकाशित खबर अनुसार पाण्डेले ९५ वर्षीया वृद्धा जोन मुरेलाई थप्पड हानेकी हुन् । उनीमाथि बृद्धामाथि थप्पड हानी धकेलेको समेत आरोप छ ।

उक्त वृद्ध हेरचाह गृहका अर्का सहयोगीले फोन गरेर घटना सुनाएपछि पाण्डेको हर्कत बाहिर आएको मुरेकी छोरीले बताएकी छिन् ।

यसअघि रिता बल नामकी अर्की वृद्धालाई पनि पाण्डेले दुर्व्यवहार गरेको समाचारमा उल्लेख छ । नर्स पाण्डेलाई पक्राउ गरी अहिले अदालतमा मुद्दा चलिरहेको छ ।

घटना थाहा भएपछि पाण्डेलाई कामबाट हटाएको र रोजगारी सम्झौता खारेज गरेको एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले बताए

एक वक्तव्य जारी गर्दै बिल्टनले माफी मागेका छन् । ‘हाम्रामा बस्नेहरुको सुरक्षा र कल्याण गर्नु हाम्रो पहिलो प्राथमिकता हो’ बिल्टनले भनेका छन्, ‘हामी हाम्रोमा बस्नेहरुलाई कुनै पनि प्रकारको दुर्व्यवहार दिँदैनौ वा दुर्व्यवहार भएको सहदैनौ।’

अहिले गर्भवती रहेकी पाण्डेलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ ।

उहाँलाई मार्चमा सजाय सुनाइने ९ न्यूजको समाचारमा उल्लेख छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *