दादुरा रोगको महामारी नियन्त्रणका प्रयास र आगामी मार्ग निर्देश

– जागेश्वर बस्नेत

शुरुवात :
नेपाल सरकारले सन २०२३ को अन्तसम्ममा दादुरा रोग निवारण गर्ने लक्ष लिएकोमा सन २०२३ को शुरुआत अथवा २०२२ को डिसेम्वर २७ तारिख अर्थात पौषको १२ गते वडा नंं ५ मा भाडा गरि बसेको तर नेपालगंज वडा नं. ७ भिमसेनमार्गमा बसोबास गर्ने १४ महिनाको बालिका रेश्मा कुरेशीमा सर्बप्रथम दादुरा रोग देखा पर्‍यो ।

सो बिरामीको बारेमा इतिहास बुभदै जाँदा बिरामी उपचारको क्रममा बालरोग बिशेषज्ञ डा.बिनोद कुमार खेतानको उहाँको प्राईभेट अस्पताल यशोधा अस्पतालमा उपचारको क्रममा आएको र उहाँले दादुराको शंकास्पद विरामी लागेकोले बिश्व स्वास्थ्य संगठनको Immunization Preventable disease का सर्भिलेन्स अफिसर डा.तृप्ती रमण पाललाई खबर गरि ति बालिकाको सर्भिलेन्सको ब्यवस्था मिलाउन अनुरोध गर्नुभएको थियो ।

WHO सर्भिलेन्स अफिसर डा.तृप्ती रमण पालले बिरामी बालिकाको बारेमा खोज अनुसन्धान तथा सर्भिलेन्स गर्दै जाँदा उहाँ बिरामीको घर नेपालगंज उपमहानगरपालिका वडा नं. ७ को डि.एस.पि. रोडको ,भिमसेनमार्ग पुग्नु भयो र एउटै घरमा ११ जना बालबालिका बसेको पाउनु भयो भने ६ जना बालबालिकामा दादुराको चिन्ह लक्षण पाउनु भयो भने ५ जनाको रगत सिरमको जाँचका लागी स्याम्पल लिई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौ पठाउनु भयो ।

स्याम्पल लिएको ५ दिन पछि अथवा २०७९ पौष १८ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पठाईएको ५ वटा रक्त नमुनामा ४ वटा बिरामीको ‘स्याम्पल’ जाँचमा दादुरा रहेको प्रमाणित गरेपछि बाँकेमा दादुरा ‘आउटब्रेक’ भएको घोषणा गरियो ।

के हो त दादुरा महामारी (Outbreak) ?
बिश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दादुरा निवारण प्रोटोकल अनुसार कुनै समुदायमा २८ दिन भित्र ५ वा ५ जना भन्दा बढि बिरामी देखा परेमा दादुरा महामारी (Outbreak) भनिन्छ । त्यस्तै ५ वटा शंकास्पद विरामीको शंकास्पद रगत सिरम जाँच गर्दा २ जना बिरामीको नमुना जाँच मा दादुरा पोजेटिभ आएमा त्यो समुदाय वा त्यो समुदाय आसपासको क्षेत्रमा दादुराका चिन्ह लक्षणहरु देखापरेमा स्वतः तिनिहरुलाई दादुराको बिरामीको रुपमा लिईन्छ ।

के हो त दादुरा निवारण (Elimination)  ?
कुनै भौगोलिक क्षेत्र वा देशमा १०,००० जना ५ बर्ष मुनिका बालबालिकाहरु मध्य निरन्तर निगरानी गर्दा लगातार १२ महिना सम्मा बिरामीको संख्या १ भन्दा कम हुनु वा बिरामी देखा नपर्ने अवस्था दादुरा निवारण (Elimination)   भनिन्छ ।

नेपाल सरकारले खोपजन्य रोगहरुमा पोलियो खोप सन २०२३ सम्म उन्मुलन गर्ने र सन २०२३ सम्म मै दादुरा निवारण गर्ने लक्ष लिएको कारण बाँकेमा देखा परेको दादुराको महामारीले राष्ट्रिय स्तरमै नेपाल सरकार मात्र नभई बिश्व स्वास्थ्य संगठन, युनिसेफ लगाएत स्वास्थ्य क्षेत्रमा कामगर्ने सबैको ध्यानाकर्षण भई रोग नियन्त्रणमा सबै बिकास साझेदार निकायहरुको ध्यानाकर्षण भयो स्वयं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सम्माननिय मन्त्री ज्यु, स्वास्थ्य सचिब ज्यु, स्वास्थ्य सेवा बिभागका महानिर्देशक ज्यु, परिवार कल्याण महाशाखाका निर्देशक तथा खोप शाखा प्रमुख, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक समेत प्रभावित क्षेत्रहरुको अनुगमन गरि समुदाय स्तरमै समस्या बुझि रोग नियन्त्रणका प्रयास गर्ने आश्वासन दिनु भयो ।

नेपालगञ्ज उपमहानगरपालिकामा हाल दादुराको अवस्था :


नेपालगञ्ज उपमहानगरपालिकामा हाल दादुराको अवस्था 

२०७९ पौष १२ देखि माघको ११ गते १ महिनाको अवधीमा नेपालगञ्जका १९ वडा २१९ जना, बिरामीहरु देखा परेका छन, जसमा २०८ जना बिरामी निको भईसकेका छन भने पौष २० गते १ जना ३१ महिने बालकको मृत्यु भएको छ भने १० जना बिरामीहरु सामान्य रुपमा घरमै आईसोलेसनमा रहि स्वास्थ्य लाभ गरिरहेको देखिन्छ । हाल सम्म भएका २०८ जना निको भएका बिरामीहरु मध्य ३ जनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको तथ्याङ्कले देखाएकोले बिरामीको एकदमै शिघ्र निदान र उपचार पाएकोका कारण नै हो यसैले प्रकोप ब्यवस्थापनमा उपमहानगरपालिकाको भुमिका प्रभाबकारी भएको देखिन्छ ।

२०७९ पौष १८ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ५ वटा स्याम्पलमा ४ जनाको दादुरा भएकबो प्रमाणित भए पश्चात दादुरा महामारीलाई नियन्त्रण लिनका लागी संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, WHO, Unicef को समन्वयमा २०७९ पौष २१ गते समन्वयात्मक बैठक र दादुरा–रुवेला रोगको महामारी पछिको प्रतिकार्य खोप अभिमुखिकण कार्यक्रम संचालन गरि २०७९ पौष २२ गते बाट वडा नंं ५, ७ र ८ वडा बाट दादुराका लागी जोखिम समुह ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुमा दादुरा–रुवेला रोग बिरुद्धको खोप अभियान संचालन गरियो ।

आज माघ महिनाको १२ गते सम्म पनि घरघरमा बच्चा खोज्दै खोप लगाउने कार्य निरन्तर भई रहेको छ ।

माघ ११ गते साँझ सम्मको प्रदान गरेको खोप सेवा लिनेहरुको तथ्याङ्क हेर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको लक्षित जनसंख्या ४२,१७८ जना भन्दा ३,५१८ जना बढि गरि जम्मा ४६,४९६ (१०८.२%) बालबालिकाहरुले दादुरा–रुवेला बिरुद्धको खोप लिएको देखिन्छ ।

खोप अभियान संचालन भएको २३ वटा वडाहरुको वडा वाईज तथ्याङ्क हेर्दा १८ वटा वडाहरुमा खोपको कभरेज १००% भन्दा बढि देखिन्छ भने अझै पनि ५ वटा वडाहरु वडा नं. २ मा ५०० जना, ३ मा १८७ जना, ६ मा १२४ जना, ९ मा २६ जना, ११ मा २२३ जना गरि १०९७ जना बालबालिकाहरुले अझै खोप लिन नपाएको देखिन्छ ।

उपमहानगरपालिकाको जम्मा लक्षित समुह ४२,१७८ जनाभन्दा ३५१८ जना बढिले खोप पाउनुमा कभरेज कम भएका बालबालिकाहरु नजिकको वडामा खोप सेवा लिन गएको वा नेपालगंजमा मानिसहरु बाहिरबाट ओहोरदोहोर भैरहने कारणले गर्दा बाहिरका बालबालिकाहरुले समेत नेपालगंजबाट खोप लिएको आंकलन गरिएको छ ।

त्यसैले हालका दिनहरुमा पनि स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेबिकाहरु, स्थानिय जनप्रतिनिधीहरु मार्फत लक्ष पुरा नगरेका ५ वटा वडाहरु र अन्य खोप लगाउन छुटन सक्ने बस्तिहरुमा बालबालिका खोज्ने र खोप लगाउने खोज र खोप अभियानलाई निरन्तरता दिएकोले दैनिक रुपमा थप औषत ५०० जना बालबालिकाहरुले खोप सेवा लिने क्रम जारी रहेको छ ।

के हो त दादुरा महामारी पछिको प्रतिकार्य खोप (Outbreak Response Immunization) ?
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले दादुरा–रुबेला महामारी फैलिएको अवस्थामा सो रोगको प्रकोप फैलिन नदिन प्रकोप फैलिएको जिल्ला र वरीपरिका जिल्लाहरुमा प्रकोप फैलिन नदिन र नियन्त्रण गर्नका लागी राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत दादुरा–रुबेला प्रकोप नियन्त्रण र ब्यवस्थापनको लागी ९इगतदचभबप च्भकउयलकभ क्ष्mmगलष्शबतष्यल० कार्यक्रम संचालन निर्देशिका, २०७७ तयार गरेको छ । सो निर्देशिका अनुसार दादुरा रोगको महामारी देखिएको जिल्ला वा भौगोलिक क्षेत्र र त्यहाँबाट मानिस आवातजावात गर्ने संगै जोडिएको जिल्ला वा बस्तीहरुमा समेत रोग फैलिन नदिन महामारी पछिको प्रतिकार्य खोप अभियान (Outbreak Response Immunization: ORI) सञ्चालन गरिन्छ । सामान्य तया यो बिशेष थप खोप अभियान (ORI) सञ्चालन गर्दा लक्षित समूह निर्धारण गर्नुपर्दछ । जसमाः यदि महामारीको समयमा बिरामीहरु ९ महिना माथिको देखिएमा उमेर समुह ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई सो अभियान मार्फत दादुरा–रुबेला बिरुद्धको खोप थप १ मात्रा दिईन्छ ।

यदि महामारीको समयमा ९ महिना मुनिका बालबालिकाहरुमा समेत दादुराको प्रकोप देखिएको भएमा उमेर समुह ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई सो अभियान मार्फत दादुरा–रुबेला बिरुद्धको खोपको थप १ मात्रा दिईन्छ ।

हाल बाँके जिल्लामा दादुरा महामारीको रुपमा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखा,WHO, UNINCEF ले बाँके जिल्ला र यसको सिमाना जोडिएका र हाल दादुराका बिरामी देखिएका बर्दिया, कैलालि, सुर्खेत र दाङ्ग जिल्ला गरि ५ जिल्लामा महामारी पछिको प्रतिकार्य खोप अभियान (Outbreak Response Immunization: ORI)   सञ्चालनको तयारी गरिरहेको छ ।

चुनौति र सिकाइहरु :
महामारी ब्यवस्थापन चुनौतिपुर्ण कार्य हो, यसको ब्यवस्थापनमा सर्ब पक्षिय भुमिका रहन्छ, नेपालगंज उपमहानगरपालिकामा पौषको १८ गते दादुरा आउटब्रेकको घोषणा तथा पौष २० गते ३१ महिने बालकको मृत्यु पछि बाँके जिल्ला भरि कोभिड–१९ को त्रासदी पुर्ण झल्को आउने गरि मानिसहरु डराउन थाले, उपमहानगरपालिकाका बिद्यालयहरु रोगको सराईको चेन ब्रेक गर्नका लागी १० दिन बन्द गरियो ।

पत्ता लागेका बिरामीहरुलाई तत्काल निशुल्क उपचारको ब्यवस्थापन गर्ने र निरोगी बालबालिकालाई रोकथाम गर्न खोप कार्यलाई बिदाको दिन समेत नभनि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेबिका ज्युहरु समेत परिचालन गरि तिब्रता दिईयो जसको कारणले गर्दा नै आजको दिन सम्म आई पुग्दा सक्रिय विरामी संख्या १० जनामा पुगेको, अस्पताल भर्ना दर न्युन भएको र मृत्यु १ जना मै सिमित भएकोले रोग नियन्त्रणमा नेपालगंज उपमहानगरपालिकाको नेतृत्व पक्ष र अन्र्तगतको संजाल सफल देखिएको छ ।

अझै पनि हामि जोखिम पुर्ण समुदायमा दादुराका बिरामीको समयमै खोजिमा र खोप लगाउन छुट बालबालिकाहरुलाई खोप सेवा प्रदान गर्ने कार्यमा दैनिक जुटिरहेकाछौ । रोग नियन्त्रणको यो अवस्था सम्म आईपुग्न सहकार्य गर्ने सघिय सरकार, प्रदेश सरकार, WHO, Unicef संगको सहकार्य अझै निरन्तरको आवश्यकता छ । सबै प्रति धन्यबाद तथा आभार ब्यक्त गर्दछौ ।

# बस्नेत नेपालगञ्ज उपमहानगरपालिका, बाँकेका खोप फोकल पर्सन हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *