आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम : स्वास्थ्यको विषय के के पर्यो ?

काठमाडौं २८ बैशाख। संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
त्यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिवेदनको मस्यौदा राष्ट्रपति पौडेल समक्ष पेश गरेका थिए । आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रमको सम्वोधन सम्वन्धी मस्यौदा पारित गर्ने निर्णय गरेको थियो ।
नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्यका विषयलाई पनि अघि सारेको छ ।
अपडेट हुँदै……
- अटिजम तथा न्युरोडाइभरसिटी भएका बालबालिकाहरुको थेरापी सेवा र विशेष तालीम प्राप्त शिक्षक र शिक्षा सेवाको व्यवस्था मिलाइने छ ।
- आधारभूत स्वास्थ्य सेवामा न्युनतम मापदण्ड लागू गर्दै आवश्यक जनशक्ति औषधी उपकरण र पूर्वाधार सहितको एकीकृत सेवा मोडल कार्यान्वयन गरिनेछ ।
- स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गरिनेछ ।
- राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ ।
- मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्इको अभिन्न अंग बनाईनेछ ।
- नेपाल औषधी लिमिडेटको स्तरउन्नती गरनेछ।
- स्वदेशी औषधी उत्पादनको प्ररवर्दन गरिनेछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

