स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालमा नयाँ कार्यसमिति: अध्यक्षमा डा धिताल र महासचिवमा डा केसी

204
Shares

काठमाडौँ, १६ पुस । स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको अध्यक्षमा डा शालिकराम धिताल चयन भएका छन् । काठमाडौँमा आज सम्पन्न संघको छैटौँ बार्षिक साधारण सभा तथा अधिवेशनले डा धितालको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

अधिवेशनले समितिको उपाध्यक्षमा हेमराज खड्का, महासचिवमा डा भक्तबहादुर केसीलाई चयन गरेको छ । यस्तै सचिवमा शैलेन्द्र कुमार पाण्डे र कोषाध्यक्षमा विनोदकुमार अर्याल चयन भएका छन् । सदस्यहरुमा शिला श्रेष्ठ, बसन्त चालिसे, रामकुमार श्रेष्ठ, ऋषिराम शर्मा, केशवराज जोशी र प्रविणकुमार गाईँ चयन भएका छन् ।

नव निर्वाचित महासचिव डा डा केसीले स्वास्थ्य प्रवर्धन तथा स्वास्थ्य शिक्षा समूहको सामूहिक प्रयासद्वारा नेपाल भरीका स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा समूहको हक हितको संरक्षण सम्बर्धन गर्दै प्रत्येक नेपाली नागरिकको गुणस्तरीय स्वास्थ्यमा सर्वव्यापी पहुचको सुनिश्चितमा टेवा पुर्याउने यसको मुख्य उद्देश्य रहको बताए ।

संघले विश्वव्यापी रुमा स्वास्थ्य क्षेत्रमा देखा परेका चुनौतीहरुलाई स्वास्थ्य प्रवर्धनको दृषिटकोण र सिद्धान्तहरु मार्फत सम्वोधन गर्ने कुरामा विश्वास गर्दछ भन्दै डा केसीले स्वास्थ्य प्रवर्धन मानिसको उच्चतम स्वास्थ्य प्राप्त गर्न आम नागरिकलाई नै सक्षम बनाउने र उनीहरुको स्वास्थ्य उनीहरुको नियन्त्रणमा रहनु पर्छ भन्ने मान्यता राख्ने बताए ।

स्वास्थ्य प्रवर्धनको मुख्य आधार सन १९८६ को ओटावा चार्टरको घोषणापत्रमा आधारित छ ।

स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा समूहमा कम्तिमा स्नातक गरेका सदस्य हुन पाउने यस संघको  २०७० मा  गठन गरिएको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *