युक्रेनको ब्यथा :

मिसाइल प्रहारपछि अँध्यारो कोठामै सम्पन्न भयो मुटुको शल्यक्रिया

एजेन्सी । पछिल्लो समय रुसी मिसाइल प्रहारपछि विद्युत् अवरुद्ध भएको युक्रेनको राजधानी किभस्थित एउटा अँध्यारो कोठामा युक्रेनी शल्य चिकित्सकको एउटा समूहले एक बालकको मुटुको शल्यक्रिया गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

‘युक्रेनमा रुसीहरूले गरेको मिसाइल आक्रमणको क्रममा आज किभको हार्ट इन्स्टिच्युटमा बिजुली अवरुद्ध भयो । यही समयमा चिकित्सकहरूले एक बालकको मुटुको आकस्मिक शल्यक्रिया गरिरहेका थिए’, सामाजिक सञ्जाल प्रयोगकर्ता इरिना भोचुकले भिडियो ट्विट् गर्दै लेखेका छन् ।

फुटेजमा चिकित्सकहरूको समूहले सीमित उज्यालोमा शल्यक्रिया गरेको देखाइएको छ । चिकित्सकहरूको टाउकोमा राखिएको हेडलाइटबाहेक कोठालाई अँध्यारोले ढाकेको थियो । शल्यक्रिया कक्षमा सामान्य देखिने ओभरहेड लाइटको उज्यालो पनि जेनेरेटरबाट चलाइएको थिएन ।

न्युज विकका अनुसार भिडियोमा एकजना चिकित्सक भन्छन्, ‘हामी अहिले यसरी नै मुटुको शल्यक्रिया गर्छौं।’ चिकित्सकको टोलीले बालकको मुटुको दुईवटा भल्भ प्रतिस्थापन गर्न कार्डियोपल्मोनरी बाइपास गरेको थियो । ‘के भयो कसैलाई थाहा भएन, तर अप्रेसन थिएटर पूरै अँध्यारो भयो’, ती चिकित्सक भन्छन्, ‘आज अप्रेसनको यो टेबुलमा बच्चा छ । शल्यक्रियाको बीचमा बत्ती थिएन ।

भिडियोको कमेन्ट सेक्सनमा ट्विटरका धेरै प्रयोगकर्ताले चिकित्सकहरूलाई नायकका रूपमा प्रशंसा गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *