स्वास्थ्यको बाह्रौँ तहमा रिक्त दुई पदका लागि बढुवा प्रक्रिया अघि बढ्यो

योग्यता पुगेकाहरुले १५ दिन भित्र व्यक्तिगत विवरण बुझाउनु पर्ने
340
Shares

काठमाडौँ, ३० कात्तिक । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवाको अधिकृत बाह्रौ तह अतिरिक्त स्वास्थ्य सचिव पद तर्फ रिक्त दुई पदमा बढुवा प्रक्रिया अघि बढाएको छ । समितिले आज सूचना जारी गर्दै योग्यता पुगेका ईश्छुक कर्मचारीले १५ दिन भित्र व्यक्तिगत विवरण बुझाउन भनेको छ ।

बाह्रौँ तहमा बढुवा हुनका लागि २०७९ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६(१) बमोजिम सेवा अवधी पुरा भएका एघारौँ तहका अधिकृत कर्मचारीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

सूचनामा उनीहरुलाई मन्त्रालयको वेवसाइटमा रहेको बढुवा सम्वन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी सम्बन्धित निकायबाट प्रमाणित गराई पेश गर्न भनिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *