गुणस्तरीय डिपोप्रोभेराको निम्ति समितिलाई निर्देशन

696
Shares

Depo-Provera-Injection

काठमाडौँ, १३ असार – व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले महिलाले परिवार नियोजनको अस्थायी साधनका रूपमा प्रयोग गर्ने डिपोप्रोभेरा गुणस्तरीय हुनुपर्ने भन्दै निर्देशन दिएको छ ।

समितिको शनिबार बसेको बैठकपछि समितिले डिपोप्रोभेरालगायत महिलाले अस्थायी साधनका रूपमा प्रयोग गर्ने अन्य साधनसमेत कम गुणस्तरीय भएको हुँदा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार हुनुपर्ने भनी स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको सभापति रञ्जुकुमारी झाले जानकारी दिइन् ।

सोही अवसरमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले महिलाले अस्थायी साधनका रूपमा प्रयोग गर्ने डिपोप्रोभेराका बारेमा दुई वर्षअघिदेखि नै कुरा उठिरहेका अवस्थामा त्यसबारे थप छलफल गरेर अगाडि बने बताए । समितिको बैठकमा नक्कली डाक्टर पक्राउबारे समेत छलफल भएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *