डा. केसीद्वारा फेरि अनशन बस्ने चेतावनी

0
Shares

 

dr gobind kc

काठमाडौँ, १२ असार – विभिन्न माग राख्दै शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गोविन्द केसीले यही असार २६ गतेबाट पुनः अनशन सुरु गर्ने चेतावनी दिएका छन्।

आज पत्रकार सम्मेलन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाई कारबाही गर्न माग गरेका छन्।

उनले भने, “आफ्नो र आफन्तको नीहित व्यापारिक स्वार्थका लागि भर्ना र निश्चित शुल्कमा भर्नालगायत समग्र सुधार प्रक्रिया अवरुद्ध पारेकालाई संरक्षण दिएको, अरु जिम्मेवार पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजीनामा दिन बाध्य पारेको र काठमाडौँ विश्वविद्यालयको प्रवेश परीक्षामा कार्यक्षेत्र नाघेर हस्तक्षेप गरेकाले उनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।” यस कार्यमा संलग्न आयोगका अन्य आयुक्तमाथि पनि कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

माथि उल्लेखित माग पूरा गर्न यही असार २६ गतेसम्म समय दिएका डा केसीले मागको सुनुवाइ नभएमा २६ गतेबाटै अनशन बस्ने जानकारी दिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *