भारतमा थप १६ हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, २७ साउन । पछिल्लो चौबिस घण्टामा भारतमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।
सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो चौबिस घण्टाम १६ हजार ५ सय ६१ नयाँ सङ्क्रमित थपिएका ।
यससँगै भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या चार करोड ४२ लाख २३ हजार पाँच सय ५७ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।
भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख २३ हजार पाँच सय ३५ रहेको छ । त्यसैगरी १८ हजार ५३ जना कोरोना मुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट गएको चौबिस घण्टामा ४९ जनाको मृत्यु भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



