४ जनामा कोरोना पुष्टि भएपछि चीनको वुहानमा पुन: लकडाउन

92
Shares

काठमाडौँ, १२ साउन । कोरोना भाइरसको उद्गमस्थल चीनको हुबई प्रान्तको वुहानमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि पुन: लकडाउन गरिएको छ ।

वुहानको जियांग्सिया जिल्लामा ४जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन गरिएको हो । संक्रमित व्यक्तिहरूमा कुनै लक्षण नदेखिएको चिनियाँ जनस्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

करिब १० लाख जनसंख्या रहेको जियांग्सियाका स्थानीय बासिन्दालाई ३ दिनसम्म घरभित्रै बस्न भनिएको छ । सन् २०१९ को डिसेम्बरमा वुहानमा पहिलो पल्ट कोरोना भाइरस देखिएको थियो ।

कोरोना भाइरस रोकथा तथा न्यूनीकरणमा चीनले कडा नीति अपनाएको छ ।

अमेरिकाको जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म चीनमा कोरोनाबाट १४ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म करिब २२ लाखमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *