अमेरिकामा १ करोड ४० लाख भन्दा बढी बालबालिकालाई कोभिड संक्रमण

140
Shares

 

लस एन्जेलस, १० साउन । अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० लाख  भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स (एएपी)र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएको बताइएको छ ।

उक्त संस्थाहरुले गएको ४ हप्तामा मात्र यहाँ कम्तीमा पनि तीन लाख ११ हजार जना बालबालिकामा कोभिडको सङ्क्रमण भएको पाइएको छ । यहाँ सन् २०२२ मा मात्र अनुमानित ६१ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको देखिएको एएपीले जनाएको छ ।

यहाँ उमेर समूहअनुसार कसलाई कुन रुपमा कोभिडको सङ्क्रमण भयो र के कस्तो असर गर्र्यो भन्ने विषयको अनुसन्धान आवश्यक रहेको देखिएको बताइएको छ । सो सम्बन्धी अनुसन्धानबाट बालबालिकामा देखिएको कोभिडको असरका साथै मानसिक तथा अन्य असर पत्ता लगाउनुपर्नेमा पनि सो संस्थाले जोड दिएको छ ।

कोभिडको सङ्क्रमण सुरु भएपछि अमेरिकामा धेरै मानिसको मृत्यु भएको छ । यसको असर यहाँ बालबालिकामा पनि परेको स्वस्थ्य अधिकारीहरुको भनाई छ ।
सिन्हा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *