मलेसियामा एकै दिन थपिए २ हजार ७२० कोरोना संक्रमित

64
Shares

काठमाडौँ, ९ साउन । आइतबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा २ हजार ७ सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने ३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५१ हजार ६ सय ५१ पुगेको छ भने ३५ हजार ९ सय १४ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयले चार हजार १२ जना कोरोना मुक्त भएका छन्। यसैसँगै निको हुनेको कुल संख्या ४५ लाख ६७ हजार ४८५ पुगेको छ।

त्यहाँ ४८ हजार २५२ सक्रिय संक्रमित रहेका थिए। जसमा ५४ जनालाई सघन उपचार केन्द्रमा राखिएका छन्। ३२ लाई सास फेर्न मद्दतको आवश्यकता परेको छ।

देशमा आइतबार १२ हजार पाँच सय ८० खोपको डोज दिइएको र ८५.९ प्रतिशत जनसंख्याले कम्तीमा एक डोज, ८४ प्रतिशतले पूर्ण खोप, ४९.५ प्रतिशतले पहिलो बुस्टर र ०.९ प्रतिशतले दोस्रो बुस्टर पाएका छन्। सिन्हा

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *