एक लाख धनराशीको ‘रुपा चिकित्सा अवार्ड – २०७९’ को स्थापना

हरेक वर्ष चिकित्सकीय पेशामा अतुलनीय योगदान गर्ने एक जना चिकित्सकलाई प्रदान गरिने
132
Shares

काठमाडौँ, २४ असार । अब हरेक वर्ष चिकित्सकीय पेशामा अतुलनीय योगदान गर्ने एक जना चिकित्सकले एक लाख धनराशीको रुपा चिकित्सा अवार्ड २०७९ प्राप्त गर्ने भएको छ ।

रुपा फाउन्डेशन र नेपाल चिकित्सक संघको संयुक्त पहलमा रुपा चिकित्सा अवार्ड २०७९ स्थापना गरिएको हो । यो अवार्ड हरेक वर्ष नेपाल चिकित्सक संघको स्थापना भएको दिन अर्थात २० फागुनमा प्रदान गरिनेछ ।

पुरस्कार स्थापनाका विषयमा विहीबार संघको कार्यालयमा अध्यक्ष डा लोचन कार्की र फाउन्डेशनका तर्फबाट संयोजक आत्माकृष्ण श्रेष्ठबीच सहमति भएको छ ।

सहमति अनुसार चिकित्सकीय पेशामा समर्पित भई अतुलनीय योगदान पुरयाउने उत्कृष्ठ एक जना चिकित्सकलाई छनौट गर्न ९ जनाको समिति हुनेछ । सो समितिले कात्तिक देखि माघ मसान्तसम्ममा छनौट प्रक्रिया पुरा गरी प्रत्येक वर्षको १० फागुनमा उक्त अवार्ड घोषणा गर्ने र २० फागुनमा अवार्ड वितरण गरिनेछ ।

छनौटमा परेको चिकित्सकले १ लाख रुपैयाँ नगद, दोशल्ला र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजु निवासी समाजसेवी रुपा श्रेष्ठको सम्झनामा उनको परिवारले फाउन्डेशन स्थापना गरेको हो । उनको स्वर्गरहण भएको १० फागुनको दिनको स्मरणमा उक्त अवार्ड सो दिन घोषणा गर्न लागिएको हो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *