चिकित्सक संघले चिकित्सा संग्रहालयको स्थापना गर्ने

228
Shares

काठमाडौँ, ११ जेठ। नेपाल चिकित्सक संघले चिकित्सा संग्रहालयको स्थापना गर्ने भएको छ । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय प्रर्दशनीमार्गमा चिकित्सा संग्रहालयको स्थापना गर्ने संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए।

संघले स्वास्थ्य सेवामा प्रयोगमा ल्याइएका विभिन्न ऐतिहासिक पुराना मेडिकल उपकरण सामग्रीलाई संकलन गरी संग्रहालयको स्थापना गर्ने जनाएको छ ।

नेपालको पहिलो ईसीजी,  सिटी स्क्यान मेसिन, अल्ट्रासाउन्ड, मेडिकल क्षेत्रका पहिला सर्जरी गरेका ऐतिहासिक तस्वीर, पुस्तकहरु संग्रहालयमा राखिने छ जसले नयाँ पुस्ताका लागि यस्ता उपकरण नेपालको मेडिकल क्षेत्रको इतिहास बुझ्न मद्धत गर्नेछ ।

संघले चिकित्सा सेवामा प्रयोग भईसकेका सामग्रीहरुको जानकारी संघलाई दिन, अस्पताल, संघ संस्था, व्यक्तिगत घरमा उपलब्ध भएका ऐतिहासिक सामग्री, पुस्तक, प्रमाणपत्र, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उपकरण लगायतका सामग्री भए उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *