मलेसियामा कोभिड संक्रमण बढ्यो, ६ हजारभन्दा बढी संक्रमित, १२ को मृत्यु

क्वालालम्पुर, ७ वैशाख । मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ ।
यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन् । उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ ।
यहाँ अहिलेसम्ममा ४४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३५हजार जना भन्दा बढीको कोभिडका कारण ज्यान गएको छ ।यहाँ कोभिड संक्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरुको पालनामा पनि कडाइ गरेका बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



