अमेरिकी सहयोगमा दुई साता पछि १५ लाख डोज फाइजर खोप आउँदै

128
Shares

काठमाडौँ, ३० फागुन । कोभिडविरुद्धको खोप अभियानलाई सघाउन अमेरिकी सरकारले नेपाललाई थप ९२ लाख डोज फाइजर खोप अनुदानमा उपलव्ध गराउने भएको छ । त्यसको पहिलो दुई खेप दुई साता पछि अर्थात २५ र २८ मार्चमा नेपाल आउने भएको छ ।

यसअघि ६२ लाख खोप फाइजर उपलव्ध गराउने बताएको अमेरिकाले पछिल्लो पटक थप ३० लाख डोज थप्दै ९२ लाख पठाउने भएको हो । ‘अमेरिकी सरकारले नेपाललाई कोभ्याक्स सुविधा मार्फत ९२ लाख डोज फाइजर पठाउने तय भएको हो ।

‘यसको पहिलो खेप ७ लाख ५४ हजार डोज खोप २५ तारिखमा आउछ, दोस्रो खेप तीन दिन पछि अर्थात २८ मार्चमा ७ लाख ४८ हजार डोज खोप आउँदैछ,’ स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले भने ।

उनले बाँकी खोपहरु क्रमश पठाउने समेत उनले जानकारी दिए । अमेरिकाबाट आउने यो खोप १२ वर्ष माथिका नागरिकलाई दिने योजना स्वास्थ्य सेवा विभागले गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *