शिक्षकहरुको केन्द्रीय अस्पताल चितवनको भरतपुरमा बनाउने सरकारको निर्णय

184
Shares

काठमाडौँ, १७ माघ । सरकारले केन्द्रीय शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि २३ कात्तिकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक अस्पताल बनाउने उपयुक्त स्थान खोज्न डा विमल चालिसेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिलाई दुई महिना भित्र काठमाडौँ उपत्यका वा बाहिर उपयुक्त ठाँउमा जग्गा खोग्ने कार्याधिकार तोकिएको थियो ।

समितिले बुझाएको प्रतिवेदनमा भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०, ५१, ५२, ६०, ६१, ६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको उल्लेख थियो।

अघिल्लो सरकारले १५ जेठमा ल्याएको अध्यादेशवाला बजेटलाई प्रतिस्थापन गर्दै अर्थ मन्त्री जनार्दन शर्माले गत २५ भदौमा पुरक बजेट प्रस्तुत गरेका थिए । सो बजेटमा ‘शिक्षकहरुको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिनेछ’ भन्ने उल्लेख छ ।

शिक्षक तथा उनीहरुका आश्रित परिवारका लागि उपचारका लागि भन्दै केन्द्रीय अस्पताल बनाउन लागिएको हो ।

नेपालमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको नाममा छुट्टा छुट्टै केन्द्रीय स्तरका अस्पताल सञ्चालनमा छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *