भारतमा एकैदिन थपिए २ लाख ४७ हजार भन्दा बढी कोरोना संक्रमित
नयाँदिल्ली, २९ पुस। भारतमा पछिल्लो चौबिस घण्टामा २ लाख ४७ हजार ४१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अघिल्लो दिन मंगलबारको भन्दा २७ प्रतिशत बढी हो।
हालसम्म भारतमा ३ करोड ५९ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। हाल भारतमा सक्रिय संक्रमितको संख्या ११ लाखभन्दा बढी छन्।
त्यसैगरी गएको चौबिस घण्टामा ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख १५ हजार ३६१ जना निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९५.५९प्रतिशत रहेको जनाइएको छ।
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या ५ हजार ४८८ पुगेको छ।
त्यस्तै एकैदिन कोभिड–१९ का कारण ३८० जनाको ज्यान गएको छ। यो संगै कोरोना संक्रमणबाट हालसम्म ४ लाख ८५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
सम्पर्क इमेल : [email protected]