कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएका एक जनाको ज्यान गयो

एजेन्सी । बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ भेरियन्टबाट एक जनाको मृत्यु भएको बताउँदै आफ्ना जनतालाई बुस्टर डोज खोप लगाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री जोन्सनले पछिल्लो समय अस्पतालमा भर्ना हुने दर समेत बढेको भन्दै बुस्टर डोज लिन आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘हामीले सक्ने सबैभन्दा राम्रो उपाय बुस्टरडोज खोप लगाउँ ।’

त्यसो त प्रधानमन्त्री जोनसनले यो महिनाको अन्त्यसम्ममा देशका सबै बयस्कहरुमा बुस्टर डोज खोप लगाउने लक्ष्य राखेको बताइसकेका छन् ।

उनले भनेका छन्, ‘ओमिक्रोन भेरियन्ट सामान्य भेरियन्ट होइन, केस बढदै जाँदा पहिचान गर्न समेत जरुरी परेको छ ।’

स्वास्थ्य मन्त्री साजिद जाविदले बेलायतमा अहिलेसम्मसम्म कुल संक्रमितको २० प्रतिशत ओमिक्रोन भेरियन्ट देखिएको र त्यसमध्ये १० प्रतिशत अस्पतालमा भर्ना भएका छन् ।

बेलायतमा अहिलेसम्म ४ हजार ७१३ जना ओमिक्रोन भेरियन्ट संक्रमित रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *