रुसमा संक्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु

मस्को, ७ कात्तिक । रुसमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निकै बढ्दै गएको देखिएको छ। यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ।

रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ। यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो।

यहाँ यो भाइरसको संक्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ। रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरुको संख्या बढ्दो रहेको छ।

शनिबार यहाँ ३७ हजार ६७८ जना यो संक्रमणबाट सङ्क्रमित भएको जनाइएको छ। यो समेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन्।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *