स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशकमा गोमा निरौला

14.2k
Shares

काठमाडौँ, ३१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा प्रमुखको जिम्मेवारी प्राध्यापक गोमा निरौलालाई दिएको छ । मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई सो जिम्मेवारी दिएको हो ।

यसअघि सो महाशाखामा रोशनी लक्ष्मी तुईतुई थिईन । उनलाई बीर अस्पताल पठाइएको छ । वीरमा उनले यसअघि निरौलाले सम्हालेको जिम्मेवारी सम्हाल्नेछिन् ।

यस्तै चिकित्सक संघका महासचिव समेत रहेका डा बद्री रिजाल राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा भएका छन् । उनी यसअघि काजमा कान्ति वाल अस्पतालमा कार्यरत थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *