स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशकमा गोमा निरौला

काठमाडौँ, ३१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा प्रमुखको जिम्मेवारी प्राध्यापक गोमा निरौलालाई दिएको छ । मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई सो जिम्मेवारी दिएको हो ।

यसअघि सो महाशाखामा रोशनी लक्ष्मी तुईतुई थिईन । उनलाई बीर अस्पताल पठाइएको छ । वीरमा उनले यसअघि निरौलाले सम्हालेको जिम्मेवारी सम्हाल्नेछिन् ।

यस्तै चिकित्सक संघका महासचिव समेत रहेका डा बद्री रिजाल राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा भएका छन् । उनी यसअघि काजमा कान्ति वाल अस्पतालमा कार्यरत थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *