फार्मेसी काउन्सिलको अध्यक्ष पदमा प्रज्वलजंग पाण्डे नियुक्त
काठमाडौँ, १३ चैत । नेपाल फार्मेसी काउन्सिलको अध्यक्ष पदमा प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको सिफारिसका आधारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको अध्यक्ष पदमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका काउन्सिलका अध्यक्ष केशवध्वज जोशी थिए । उनको चार बर्षे कार्यकाल १७ फागुनमा सकिएको थियो ।
जोशीको कार्यकाल सकिएपछि पाण्डे चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त भएका हुन् ।
यस्तै, काउन्सिलमा रिक्त सदस्यहरुमा अमृत थापा, निरज बर्तौला, निशान्तकुमार गुप्ता, महासागर ज्ञवाली नियुक्त भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



