फार्मेसी काउन्सिलको अध्यक्ष पदमा प्रज्वलजंग पाण्डे नियुक्त

काठमाडौँ, १३ चैत ।  नेपाल फार्मेसी काउन्सिलको अध्यक्ष पदमा प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको सिफारिसका आधारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको अध्यक्ष पदमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका काउन्सिलका अध्यक्ष केशवध्वज जोशी थिए । उनको चार बर्षे कार्यकाल १७ फागुनमा सकिएको थियो ।

जोशीको कार्यकाल सकिएपछि पाण्डे चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त भएका हुन् ।

यस्तै, काउन्सिलमा रिक्त सदस्यहरुमा अमृत थापा, निरज बर्तौला, निशान्तकुमार गुप्ता, महासागर ज्ञवाली नियुक्त भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *