काठमाडौँ आइपुग्यो खरिद गरिएको १० लाख डोज ‘कोभिसिल्ड’ खोप
काठमाडौँ, ९ फागुन । सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौँ आइपुगको छ। सिरम इस्टिच्युट अफ इन्डियाबाट खरीद गरेको सो खोप एयर इन्डियाको विमानबाटमार्फत १ः५९ मा विमानस्थलमा आइपुगेको हो।
गत ५ फागुनमा खोप निर्माता कम्पनी सिरम संग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप काठमाडौँ आइपुगको छ।
नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो।सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो। जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आएको हो।
यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ ।
उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने बताइएको छ।
सम्पर्क इमेल : [email protected]