पछिल्लो चौविस घण्टामा थप १३८० जनामा कोरोना संक्रमण, ५१५ जना डिस्चार्ज

180
Shares

काठमाडौँ, १३ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ३८० जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा ५१५ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ९ हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३८० जनामा संक्रमण देखिएको हो । मन्त्रालयले यहि अवधीमा १९ जनाको कोरोनाबाट ज्यान गएको समेत जानकारी दिएको छ ।

यस्तै काठमाडौँमा शनिबार थप ६४५ जना कोरोना संक्रमण देखिएको छ । काठमाडौँमा ४८५ जना, ललितपुरमा १२४ जना र भक्तपुरमा ३६ जना थपिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *