पछिल्लो चौविस घण्टामा थप १३८० जनामा कोरोना संक्रमण, ५१५ जना डिस्चार्ज

काठमाडौँ, १३ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ३८० जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा ५१५ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ९ हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३८० जनामा संक्रमण देखिएको हो । मन्त्रालयले यहि अवधीमा १९ जनाको कोरोनाबाट ज्यान गएको समेत जानकारी दिएको छ ।

यस्तै काठमाडौँमा शनिबार थप ६४५ जना कोरोना संक्रमण देखिएको छ । काठमाडौँमा ४८५ जना, ललितपुरमा १२४ जना र भक्तपुरमा ३६ जना थपिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *