काठमाडौँ उपत्यकामा थप १२६१ जनामा कोरोना संक्रमण

21
Shares

काठमाडौँ, २६ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार २६१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ९७६ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा २०४ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा आज थपिएको संक्रमण संख्या देशभर थपिएको कुल संक्रमण संख्याको ४९ प्रतिशत हो । आज देशभर कुल २ हजार ५६९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौविस घण्टामा देशभरका प्रयोगशालामा कुल १० हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा यो संख्या आएको जानकारी दिए । आज देशभरबाट १ हजार ६६६ जना कोरोनामुक्त भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *