काठमाडौँ उपत्यकामा थप १२६१ जनामा कोरोना संक्रमण

काठमाडौँ, २६ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार २६१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ९७६ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा २०४ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा आज थपिएको संक्रमण संख्या देशभर थपिएको कुल संक्रमण संख्याको ४९ प्रतिशत हो । आज देशभर कुल २ हजार ५६९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौविस घण्टामा देशभरका प्रयोगशालामा कुल १० हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा यो संख्या आएको जानकारी दिए । आज देशभरबाट १ हजार ६६६ जना कोरोनामुक्त भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *