बी एण्ड सी अस्पतालमा सुरु भयो क्याथल्याव सेवा

392
Shares

झापा, २३ कात्तिक ।  झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले मुटुका बिरामीको उपचारका लागि क्याथल्याव सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी क्याथल्याव सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

मुटु रोगका बिरामीको उपचार सेवालाई सहज र गुणस्तरयि बनाउन क्याथ ल्याव सेवा सञ्चालनमा ल्याइएको अस्पतालका कार्डियोलोजिष्ट डा. उमेश यादवले बताए ।  उनले अस्पतालले आगामी २ बर्ष भित्र मुटु समेत प्रत्यारोपण गर्ने गरीको तयारी थालेको जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अब मुटुका बिरामीले उपचारका लागि काठमाडौँ, भारतको दिल्ली, भ्यालोर जानु नपर्ने दावी गरे । अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारीले दक्ष जनशक्तिद्धारा क्याथल्याव सेवा सञ्चालनमा ल्याइएको बताए ।

कार्यक्रममा भारतको चेन्नईबाट आएका मुटुरोग विशेषज्ञ डा. अवनकुमार, हस्पिटलका मेडिकल डाइरेक्टर निराजन पराजुली, हस्पिटलकी अध्यक्ष इन्दिरा गिरी लगायतले अस्पतालले प्रदान गर्ने सेवाको विषयमा जानकारी गराएका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *